नियम १४७
काम कारबाहीको प्रतिवेदन
(१) अदालतले प्रत्येक न्यायाधीशले विभिन्न इजलासहरूमा बसी छिनेका मुद्दाहरू, रजिस्ट्रारबाट फछ्र्यौट भएका निवेदनहरू, अदालतमा दायर रहेका र फछ्र्यौट भएका मुद्वाहरूको विवरणसहितको मासिक प्रतिवेदन अर्को महिनाको पाँच गतेभित्र सर्वोच्च अदालतमा पठाउनु पर्छ।
(२) आर्थिक वर्ष समाप्त भएपछि श्रावण पन्ध्र गतेभित्र अदालतले देहायका कुराहरू खुलाई सर्वोच्च अदालतमा वार्षिक प्रतिवेदन पठाउनु पर्छः-
(क) मुख्य न्यायाधीश र अन्य न्यायाधीशहरूको नाम, थर वतन, योग्यता, उमेर र अदालतमा काम गरेको अवधि तथा प्रतिवेदन अवधिभरमा निजहरूको उपस्थिति र विदाको तथ्याङ्क र सो अवधिभित्र गरेको कामको छोटकरी विवरण,
(ख) अदालतका कर्मचारीहरूको तालिका र काम लगाइएका कर्मचारीहरूको विवरण,
(ग) अदालतमा काम गर्ने अधिकृतहरूको नामावली, योग्यता र पद,
(घ) प्रतिवेदनको वर्ष र त्यसको अघिल्लो दुई वर्षभित्र अदालतमा परेका, छिनिएका र छिन्न बाँकी रहेका मुद्दाहरूको तुलनात्मक विवरण, (ङ) प्रतिवेदन तथा निवेदनपत्र सुन्ने अधिकारक्षेत्र अन्तर्गत अदालतले गरेको कामको विवरण र अघिल्ला दुई वर्षमा भएका कामहरूको तुलनात्मक तालिका,
(च) मातहतको प्रत्येक जिल्ला अदालतको छुट्टाछुट्टै देखिने गरी वार्षिक कार्य विवरण,
(छ) मातहत अड्डा वा अदालतका न्यायाधीशहरू वा पदाधिकारीको तोकिए बमोजिम उल्टी पटकको अभिलेख,
(ज) मुद्दा छिटो छरितो किसिमले टुङ्गिन जाने तर्फ प्रतिवेदन अवधि भरमा प्रगति भयो वा भएन भन्ने कुरा र त्यसको कारण तथा त्यसबारे अदालतको कुनै सुझाव भए-सो सुझाव, र
(झ) न्यायापालिकाको सुधारको सम्बन्धमा अदालतले दिन चाहेका अन्य सुझाव।
(३) मुख्य न्यायाधीश तथा अन्य: न्यायाधीशले सम्पादन गरेको कार्यको दैनिक कार्य विवरण अच्चावधिक गरी राख्नु पर्नछ। यसरी राखिएको विवरण प्रत्येक महिनामा मुख्य न्यायाधीशले आफ्नो हकमा समेत प्रमाणित गरी न्यायपरिषद् सचिवालय तथा सर्वोच्च अदालतमा पठाउनु पर्छ।